Nidan Media

आज देशभर मौसम कस्तो रहला ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

जसकारण बुधबार तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोशी र गण्डकी प्रदेशका उच्च र पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ।

कोशी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, आज राति भने तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ ।

देशका पहाडी तथा हिमाली भू‍भागमा मौसम मुख्यतया सफा रहनेछ।

हुस्सु-कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई, सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.