काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
जसकारण बुधबार तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोशी र गण्डकी प्रदेशका उच्च र पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ।
कोशी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज राति भने तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ ।
देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
हुस्सु-कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई, सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





