Nidan Media

कांग्रेसको नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका सार्वजनिक, राति ९ बजे मतदान [तालिकासहित]

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

कार्यतालिका अनुसार आजै राति ९ बजेबाट मतदान प्रक्रिया शुरू हुनेछ ।

सार्वजनिक तालिकाअनुसार मध्यान्ह १२ः३० बजे पहिलो चरणको मतदाता नामावली प्रकाशन गरिनेछ ।

मतदाता नामावलीमाथि दाबी/विरोध तथा छलफलका लागि दिउँसो १ः३० बजेसम्म समय तोकिएको छ ।

त्यसपछि दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने जनाइएको छ । साँझ ८ः४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने कार्यतालिकामा उल्लेख छ ।

पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

निर्वाचन केन्द्रीय समितिका लागि हुन लागेको यस निर्वाचनका लागि यसअघि खम्बबहादुर खातीको नेतृत्वमा रहेको निर्वाचन समिति भंग गरी मंगलबार बिहान केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो ।

विशेष महाधिवेशन बन्दसत्रमा महामन्त्री गगन थापालाई सभापति बनाउनुपर्ने भन्दै नाराबाजी भएको छ । मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन माग गर्दै नाराबाजी गरेका हुन् । संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि नेताहरूले नयाँ नेतृत्व चयन गर्न दबाब दिइरहेका छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.