Nidan Media

आज बस्दै कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक, विशेष महाधिवेशन पक्षधर नजाने

काठमाडौँ । दोस्रो विशेष महाधिवेशनको बीचमै नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्दैछ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा दोस्रो विशेष महाधिवेशन जारी रहँदै गर्दा केन्द्रीय कार्यसमिति बैठक बोलाइनु राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरू भएको दोस्रो विशेष महाधिवेशनमा पार्टीको विधान संशोधन, नीति, नेतृत्व र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

महाधिवेशनकै बीचमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनका एजेन्डा, भावी रणनीति तथा पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयमा महत्त्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा दोस्रो विशेष महाधिवेशन जारी रहँदै गर्दा केन्द्रीय कार्यसमिति बैठक बोलाइनु राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनमा पार्टीको विधान संशोधन, नीति, नेतृत्व र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

महाधिवेशनकै बीचमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनका एजेन्डा, भावी रणनीति तथा पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयमा महत्त्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ ।

यसैबीच नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरू पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् ।

पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् ।

पार्टी विवादबारे आजै दुवै पक्षबीच वार्ता हुँदैछ । त्यसको मिति र स्थान भने तोकिएको छैन । वार्ताका लागि विशेष महाधिवेशन पक्षधर, शेखर कोइराला र संस्थापन पक्षले आआफ्नै समिति बनाएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.