Nidan Media

कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ ।

दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो ।

विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आइतबारदेखि चलिरहेको महाधिवेशन  मंगलबारसम्म लम्बिएको हो ।

मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् ।

उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.