Nidan Media

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौँ। नेपालको उपल्लो वायुमण्डलमा विकसित न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लाग्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम हाल मुख्यतया सफा रहे पनि तराईमा भने कुहिरोका कारण दृश्यांश कम भई जनजीवन प्रभावित हुन सक्ने देखिएको छ।

आज दिउँसो र राति देशका पहाडी तथा हिमाली भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यद्यपि, तराईका अधिकांश स्थानमा दिउँसो बाक्लो हुस्सु लाग्ने र राति पनि केही स्थानमा कुहिरो कायम रहने महाशाखाले जनाएको छ।

चिसो बढ्दै गएको र तराईमा हुस्सुको प्रभाव रहने भएकाले सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन र स्वास्थ्यको ख्याल गर्न मौसमविद्हरूले सुझाव दिएका छन्। पहाडी क्षेत्रमा भने घाम लाग्ने भएकाले मौसम अनुकूल रहने देखिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.