Nidan Media

सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका आजदेखि भत्कियोः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताएका छन् ।

पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले विशेष महाधिवेशन कोही बन्ने नबन्ने विषय नभई संघर्षको विषय भएको बताए ।

विशेष महाधिवेशन आफूहरूको नभई प्रतिनिधिको मागअनुसार आह्वान भएको भन्दै उनले बन्द सत्रले जे निष्कर्ष निकाले पनि स्वीकार्य हुने बताए ।

उनले कांग्रेस लासहरूको पार्टी नभई जिउँदा मानिसहरूको पार्टी भएको स्थापित भएको टिप्पणी गरे । उनले काँग्रेसमा प्रश्न नमरेको जिकिर गर्दै यहाँ नबोल भन्ने कोही नभएको बताए ।

साथै महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको समेत बताए । उनले भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, हामी ज्युँदाहरूको पार्टी हो ।’

‘कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवफ पनि दिन सक्दैन´, महामन्त्री थापाले भने ।

महामन्त्री थापाले कांग्रेसप्रति जनताको भरोसा रहेको बताउँदै चुनाव भन्दा पनि अहिले ब्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनु पर्ने बताए ।

`चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले सिस्टम र संविधान जोगाउनु पर्ने छ, त्यो भन्दा बढी जनताको भरोसा जोगाउनु पर्ने छ’, थापाले भने।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.