काठमाडौँ । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
पहाडी सडकबाट चिप्लिएर गहिरो खोंचमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा ४० जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार यो दुर्घटना हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिब एक सय ४२ किलोमिटर दक्षिण-पूर्वमा पर्ने सिरमौर जिल्लाको हरिपुरधार गाउँमा भएको हो ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ । मृतक र घाइतेको पहिचान हुन सकेको छैन ।





