काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको ह्वात्तै वृद्धि भएको छ ।
गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा दुई हजार आठ सय र चाँदीको एक सय १० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य बढेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ कायम भएको छ । सुनको यो हालसम्मकै उच्च गत पुस १३ गते कै बराबर हो ।
सुनको भाउ गत शुक्रबार प्रतितोला दुई लाख ६७ हजार आठ सय रुपैयाँ रहेको थियो ।
यता शुक्रबार प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य आइतबार बढेर चार हजार नौ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको यो भाउ हालसम्मकै उच्च हो ।




