काठमाडौँ । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धसम्बन्धी अधिकार कटौती गर्ने प्रस्ताव पारित गरेको छ ।
भेनेजुएलामा गरिएको हालैको आक्रमण र त्यसपछि उत्पन्न बढ्दो तनावका बीच सिनेटका सदस्यहरूले यो कदम चालेका हुन् ।
यस प्रस्तावको मुख्य उद्देश्य अमेरिकी कंग्रेसको स्पष्ट स्वीकृति बिना राष्ट्रपतिलाई भेनेजुएलाविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्नु हो ।
सिनेटमा भएको प्रारम्भिक प्रक्रियामा यो प्रस्तावमाथि छलफल गर्न बहुमत सदस्यहरू सहमत भएका छन् ।
विशेष गरी डेमोक्र्याट र केही रिपब्लिकन सिनेटरहरूले राष्ट्रपतिको एकल निर्णयले अमेरिकालाई अर्को लामो र अनावश्यक युद्धमा धकेल्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
ह्वाइट हाउसले भने यसलाई राष्ट्रपतिको संवैधानिक अधिकार र राष्ट्रिय सुरक्षाको मामिलामा अनावश्यक हस्तक्षेप भन्दै विरोध जनाएको छ ।
यदि यो प्रश्ताव अन्तिम रूपमा पारित भयो राष्ट्रपतिले कंग्रेसको औपचारिक अनुमोदन वा अमेरिकामाथि प्रत्यक्ष आक्रमण भएको अवस्थामा बाहेक सैन्य बल प्रयोग गर्न पाउने छैनन् ।





