Nidan Media

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन बुधबार सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ।

बुधबार प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँको उच्च बिन्दुमा पुगेको चाँदीको मूल्य बिहीबार १०० रुपैयाँले घटेर ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनका कारण स्थानीय बजारमा पनि सुनचाँदीको भाउ सस्तिएको हो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.