सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ पुस २४ गते बिहीबार, इस्वीसंवत जनवरी ८ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको पञ्चमी तिथि बिहानमा १०ः२७ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाफाल्गुनी दिनमा ४ः२८ बजेसम्म त्यसपछि उत्तराफाल्गुनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सौभाग्य ३६ घटि ४० पलासम्म त्यसपछि शोभन योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा गद रहनेछ ।
सूर्य धनु राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २६ घटि ४ पला अर्थात १० घण्टा २८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः५८ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः२४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १०ः३४ बजे र अस्ताउने समय भोलि बिहान १०ः१९ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय रहेको छ । बरु दाजुभाइ वा माइतीपक्षको सरसहयोग जुटाउन सक्नुहुन्छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन रहेको छ ।
बृषः आज निर्णय लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय रहेको छ। मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय रहेको छ ।
मिथुनः आज आज भ्रम र महत्वाकांक्षामा अलमलिनाले चाहिंदा नचाहिंदा काम गर्ने मनसाय बन्न सक्छ । विपरीत लिङ्गीसँगको सम्बन्धमा समेत चिसोपन आउन सक्छ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ ।
कर्कटः आज पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन रहेको छ। तपाईंमा दिक्दारी र चिडचिडेपन पनि हाबी हुन सक्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ । तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । कुविचार, भ्रम, चिन्ता र शङ्का मडारिने समय रहेको छ । त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो हुने छैन ।
सिंहः आज सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्न सक्छ । महत्त्वपूर्ण व्यक्तिहरूको सम्पर्कमा भइने छ । आँटे र ताकेका हरेक प्रतिस्पर्धामा र सङ्घर्षमा विजयी बन्ने दिन रहेको छ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ । बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ ।
कन्याः आज मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ । कारोबारबाट राम्रै फाइदा हुने दिन रहेको छ। फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ ।
तुलाः आज समय मध्यम खालको छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनोट गर्न सके हरेक कदम सफल हुनेछन् । कार्यक्षेत्रमा गज्जबले समय व्यतित हुनेछ । अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । शरीर हलुका र मन प्रसन्न रहनेछ। लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ ।
बृश्चिकः आज नयाँ लगानीका निमित्त उपयोगी दिन छैन । सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । मनोबल र आँतमा कमजोरी देखा पर्न सक्छ, कामधाम र जिम्मेवारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यपक्षको पनि ख्याल राख्नुपर्छ । गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन रहेको छ । तर आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला ।
धनुः आज मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन रहेको छ । तर पनि जीवन साथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुनेछ । खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति छ । तर उज्ज्वल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीत लिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ ।
मकरः आज गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ । बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्ने छ । मौसमी रोगको सामान्य जोखिम छ, सचेत हुँदै कार्यक्षेत्रमा खट्ने समय रहेको छ। व्यक्तिगत प्रतिष्ठा र सम्मान पाउन सकिने छ ।
कुम्भः आज कल्पना र भावनामा रुमल्लिन सकिन्छ । तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय रहेको छ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ । एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय छ । सन्तान वा भाइबहिनीका लागि केही रकमको व्यवस्था गर्नुपर्ने समय छ । बुद्धि र विवेकले काम नगर्नाले पनि केही व्ययभार बढ्ने सम्भावना देखिन्छ ।
मीनः आज घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन । तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । पारिवारिक तनावका कारण पढाइ विचलित हुन सक्ने समय रहेको छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ । मानसिक अस्थिरताको समय पनि छ । मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ । सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुन सक्छ । त्यसैले महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला ।
साहित (यात्रा): सूर्य धनु राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः५५ बजेदेखि ८ः१४ बजेसम्म शुभ बेला
बिहान ८ः१४ बजेदेखि ९ः३२ बजेसम्म रोग बेला
बिहान ९ः३२ बजेदेखि १०ः५१ बजेसम्म उद्धेग बेला
बिहान १०ः५१ बजेदेखि १२ः१० बजेसम्म चर बेला
मध्यान्हमा १२ः१० बजेदेखि १ः२८ बजेसम्म लाभ बेला
दिनमा १ः२८ बजेदेखि २ः४७ बजेसम्म अमृत बेला
दिनमा २ः४७ बजेदेखि ४ः०५ बजेसम्म काल बेला
दिनमा ४ः०५ बजेदेखि ५ः२४ बजेसम्म शुभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः२४ बजेदेखि ७ः०५ बजेसम्म रोग बेला
साँझ ७ः०५ बजेदेखि ८ः४७ बजेसम्म उद्धेग बेला
राति ८ः४७ बजेदेखि १०ः२८ बजेसम्म चर बेला
राति १०ः२८ बजेदेखि १२ः१० बजेसम्म लाभ बेला
राति १२ः१० बजेदेखि १ः५१ बजेसम्म अमृत बेला
राति १ः५१ बजेदेखि ३ः३२ बजेसम्म काल बेला
रातिमा ३ः३२ बजेदेखि ५ः१४ बजेसम्म शुभ बेला
रातिमा ५ः१४ बजेदेखि ०६ः५४ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





