Nidan Media

आफू र विश्वप्रकाशविरुद्ध घेराबन्दी शुरू भयोः गगन थापा

काठमाडौँ। नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध योजनाबद्ध घेराबन्दी भएको दुःखेसो गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी नेतृत्व र संस्थापन पक्षले विधान र प्रक्रियालाई मिच्दै दुई महामन्त्रीलाई कमजोर पार्ने खेल खेलिरहेको आरोपसमेत लगाए ।

महामन्त्री थापाले पार्टी कार्यालयभित्रको साँघुरो घेराबन्दीले आफूहरूलाई कुनै फरक नपर्ने चेतावनीसमेत दिए।

पार्टी विधान र लोकतान्त्रिक प्रक्रियालाई नेतृत्वले निल्दै गएको उनको आरोप छ ।

महामन्त्री थापाले यसको छिनोफानो अब आम कार्यकर्ता र नागरिकले गर्ने जिकिर गरे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.