काठमाडौँ । नेपाली बजारमा चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
मंगलबार प्रतितोला चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार तोलामा ५५ रुपैयाँ बढेर चार हजार नौ सय ३५ रुपैयाँ पुगेको हो ।
यता बुधबार सुनको भाउ भने घटेको छ । मंगलबारको तुलनामा सुनको भाउ तोलामा चार सय रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६७ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँ रहेको थियो ।
सुनको भाउ हालसम्मकै उच्च पुस १३ मा प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो ।




