Nidan Media

ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ ।

सोमबारको तुलनामा सुनको भाउ तोलामा तीन हजार एक सय र चाँदीको एक सय ९५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँ पुगेको छ ।

सुन सोमबार प्रतितोला दुई लाख ६५ हजारमा कारोबार भएको थियो ।

सुनको भाउ हालसम्मकै उच्च पुस १३ मा प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो ।

यता, सोमबार प्रतितोला चार हजार छ सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार चार हजार आठ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको भाउ हालसम्मकै उच्च पुस १४ मा प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँ पुगेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.