Nidan Media

आज कोशीसहित चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर अहिले पश्चिमी वायुको प्रभाव रहेकाले मौसममा आंशिक परिवर्तन देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ, जसको प्रभाव दिउँसो र राति पनि कायम रहने देखिएको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहने भए तापनि देशका अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

तराईमा बाक्लो कुहिरोका कारण भिजिबिलिटी कम भई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने र चिसो अझै बढ्ने देखिएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

रातिको समयमा पनि पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा हुस्सुको प्रभाव कायमै रहने महाशाखाको पूर्वानुमान छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.