Nidan Media

वीरगञ्जमा आज साँझ ६ बजेबाट भोलि बिहान ८ बजेसम्म कर्फ्यू आदेश [सूचना]

पोखरा। पर्सा प्रशासनले आज साँझ ६ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवातजावात गर्न, कुनैपनि प्रकारको भेला, जुलुश प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू जारी गरेको छ ।

यसअघि जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सोमबार दिउँसो १:०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञा लागू हुने चार किल्लाहरू यस प्रकार छन्:
पूर्व: बसपार्क
पश्चिम: सिर्सिया पुल
उत्तर: पावर हाउस चोक
दक्षिण: शंकराचार्य गेट
प्रशासनले जारी गरेको यस आदेशको उल्लंघन गर्ने वा अटेर गर्ने जो कोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारवाही गरिने चेतावनी समेत दिएको छ।

यस्तो छ कर्फ्यूआदेश

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.