Nidan Media

मकवानपुरको जुरीखेतमा सुमो गाडी दुर्घटना, ६ जनाको मृत्यु

पोखरा । मकवानपुरमा आइतबार साँझ सुमो गाडी दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ ।

काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको गरेको ना१ज १७७८ नंको सुमो गाडी हेटौँडा-काठमाडौँ जोड्ने भीमफेदी-कुलेखानी-काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित सडकमा दुर्घटना भएको हो ।

सो दुर्घटनामा नौ जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

मृतकहरूको सनाखत हुन बाँकी छ । तीन जनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.