काठमाडौँ । नेप्से आज दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १०.२९ अंकले घटेर २६१०. ६३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२३ कम्पनिका एक करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २९४ मा कारोबार भएको थियो ।
आज होटल्स, उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मूल्य घटेको छ ।
आज वीन नेपाल लघुवित्त र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्वी इनर्जीको शेयर ९.१६ प्रतिशतले बढेको छ ।
यस्तै आज न्यादी हाइड्रोको शेयर सबै भन्दा बढी ४.३२ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३० करोड ६५ लाख कारोबार भएको छ भने श्रीनगर एग्रोको २२ करोड ८८ लाखको कारोबार भएको छ ।




