काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेको घोषणा गरेका छन् ।
ट्रम्पले भेनेजुएलामा अमेरिकाले ठूलो मात्रामा हमला गर्दै भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेको घोषणा गरेकी हुन् ।
ट्रम्पले भनेका छन्, ‘अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो मात्रामा हमला सफलतापूर्वक गरेको छ, जसलाई उनकी श्रीमतीसँगै पक्राउ गरी देशबाट निकालिएको छ ।’
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गर्न सेनालाई आदेश दिएका छन् । यसअघि भेनेजुएलाको राजधानी काराकसमा ठूला विस्फोट सुनिएका थिए । अमेरिकी मिडिया सीबीए ले ट्रम्पले भेनेजुएलामा आक्रमण गर्न आदेश दिएको बताएको छ ।
अमेरिकी आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय आपतकाल घोषणा गरेका छन् र आक्रमणको निन्दा गरेका छन् । उनले अमेरिकाले आफ्नो देशको तेल र खनिजहरू कब्जा गर्ने प्रयास गरेको बताएका छन् ।
यसअघि, भेनेजुएलाको राजधानी काराकासका धेरै क्षेत्रहरूमा लगभग एकैसाथ धेरै विस्फोटहरू सुनिएका थिए। विस्फोट भएका क्षेत्रहरूमा सैन्य अड्डाहरू पनि थिए ।
भेनेजुएला सरकारको एक विज्ञप्तिमा भनेको छ- ‘भेनेजुएला वर्तमान अमेरिकी सरकारले भेनेजुएलाविरुद्ध गरेको अत्यन्त गम्भीर सैन्य आक्रमणलाई अन्तर्राष्ट्रिय समुदायको अगाडि अस्वीकार गर्दछ, निन्दा गर्दछ र निन्दा गर्दछ ।’
ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि हप्ता दिनदेखि दबाब दिँदै आएको यो घटनाक्रम आएको हो । ट्रम्पले भेनेजुएला अमेरिकामा लागूपदार्थको तस्करी र अपराधमा संलग्न रहेको आरोप लगाउदै आएका छन् ।





