Nidan Media

पूर्वराष्ट्रपति युन सुक-योलका लागि ६ महिना थपियो हिरासत अवधि

काठमाडौँ । दक्षिण कोरियाको अदालतले प्रमाण नष्ट गर्ने आशंकामा पूर्वराष्ट्रपति युन सुक-योलको हिरासत अवधि थप छ महिनाका लागि बढाएको छ ।

युनलाई सन् २०२४ को मार्सल ल प्रयास र विद्रोहको अभियोगमा पदच्यूत गरी कानूनी कारबाही अघि बढाइएको हो ।

दक्षिण कोरियाको एक अदालतले शुक्रवार पूर्व राष्ट्रपति युन सुक-योलका लागि प्रमाण नष्ट गर्नसक्ने चिन्ता व्यक्त गर्दै थप हिरासत वारेन्ट जारी गरेको हो ।

सिओल केन्द्रीय जिल्ला अदालतले युनको विद्रोह र अन्य आरोपहरूको अनुसन्धानको नेतृत्व गर्ने स्वतन्त्र काउन्सिल चो युन-सुकको अनुरोधलाई स्वीकार गरेको हो ।

न्यायमा अवरोध पुर्याएको आरोपमा गत वर्षको जुलाईमा पुनः पक्राउ परेका युनको हिरासत अवधि थप वारेन्ट जारी भएसँगै ६ महिनासम्म थपिने अपेक्षा गरिएको छ ।

कानूनअनुसार पहिलो चरणको सुनुवाइको हिरासत अवधि अधिकतम् ६ महिनाको हुन्छ । तर थप अभियोगहरू दायर भएमा अदालतले यसलाई लम्ब्याउन सक्छ ।

संवैधानिक अदालतले डिसेम्बर २०२४ मा मार्सल ल लगाउने असफल प्रयासका कारण गत वर्षको अप्रिल ४ मा युनलाई महाभियोग लगाउने प्रस्तावलाई सदर गर्दै उनलाई आधिकारिक रूपमा पदबाट हटाएको थियो ।

अपदस्थ नेतालाई गत वर्षको जनवरी २६ मा विद्रोहको मुख्य योजनाकार भएको आशंकामा हिरासतमा राखी अभियोग लगाइएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.