काठमाडौँ । ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका अन्य जिल्लामा पनि महसूस गरिएको छ ।
भूकम्पबाट भएको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।
यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो ।
नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।





