काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि विधानअनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई-तीन दिनभित्रै टुंगोमा लाग्ने उनको भनाइ छ ।
पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा आफूले फरक मत राखेको उनको भनाइ छ ।
उनले पुस मसान्तभित्र हुने विशेष महाधिवेशनले पार्टीको अगामी नेतृत्व, नीति र कार्यदिशा तय गर्नेसमेत जिकिर गरे ।
उनले यसअघि नै सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।





