काठमाडौँ । कतार सरकारले विभिन्न मुद्दामा सजाय भोगिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
कतार सरकारको यस मानवीय निर्णयप्रति नेपाल सरकारले आभार व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कतार सरकारको सहयोग, सद्भाव र मित्रवत् व्यवहारप्रति धन्यवाद ज्ञापन गरिएको छ।
आममाफी पाएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया कतारस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर अघि बढाइने मन्त्रालयले जनाएको छ।
नेपाल–कतारबीच लामो समयदेखि श्रम, रोजगारी तथा कूटनीतिक सम्बन्ध सुदृढ रहँदै आएको उल्लेख गर्दै मन्त्रालयले भविष्यमा पनि दुवै देशबीचको सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ।





