सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ पुस १८ गते शुक्रबार, इस्वीसंवत जनवरी २ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको चतुर्दशी तिथि साँझमा ६ः२३ बजेसम्म त्यसपछि पूर्णिमा तिथि लाग्नेछ । नक्षत्रमा मृगशिरा रातिमा ८ः११ बजेसम्म त्यसपछि आद्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शुक्ल १६ घटि ०२ पलासम्म त्यसपछि ब्रम्ह योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा मानस रहनेछ ।
सूर्य धनु राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान २५ घटि ५६ पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः५७ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः१९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा ४ः२२ बजे र अस्ताउने समय रातिमा ५ः४४ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अल्मलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन रहेको छ, त्यसैले आफूलाई सम्हाल्न सके राम्रो हुनेछ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ/लेखाई र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईंलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ। धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ ।
बृषः आज कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ । थप आयश्रोत बढाउने विषयका साथै आयका मार्ग शुरू गर्न चिन्तन गर्न सक्नुहुन्छ । सुख एवं समृद्धिमा बृद्धि हुनेछ । घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्न सक्छ । तर खर्च हुन सक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । घरायसी वातावरण धमिलो देखिन्छ, जीवनसाथी वा आफन्तसँग कुराकानी भएको छैन भने घरमा सम्पर्क गरी परिस्थिति बुझ्नुहोला, नत्र मतभेद बढ्न सक्छ ।
मिथुनः आज परिवारमा सुख सुविधाको जोहो गर्ने समय रहेको छ । फुटकर सामाग्रीका विक्रेता र खाद्य सामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । आज एकआपसमा अहङ्कारको प्रवेश हुनु राम्रो हुनेछैन । जीवन साथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुन सक्छ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । आज गरेको मिहिनेतबाट असम्भव कुरालाई पनि सम्भवमा परिणत हुन सक्नेछ ।
कर्कटः आज बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला । कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला । नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । मन अस्थिर र काँतर बन्ने समय छ । कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिँदा राम्रो हुनेछ । कुनै पनि काममा छलछाम र हेलचक्र्याइँ नगर्नु होला । प्रेमीलाई गोपनीय कुरा खुलाएमा या विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्ने छ ।
सिंहः आज आय आर्जनका मार्गमा स्पष्ट निर्णय गर्ने समय रहेको छ । कुनै नयाँ अवसर प्राप्त हुने तथा धन र मान बढ्ने सङ्केत रहेको छ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ । कुनै प्रतिष्ठान वा कार्यालयको बाँकी बक्यौता उठाउनु छ भने आज प्रयास गर्नुहोला । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय रहेको छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति रहने छ ।
कन्याः आज सामाजिक र राजनीतिक हैसियत निर्माणका लागि केही धन लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन आजको दिन उपयोगी समय छ । निकै धपेडी गर्ने बेला पनि रहेको छ, काम गर्दा अनेकानेक बाधा हुन सक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुनेछ । क्षमता बढाउने र पेसाप्रतिको सोच पलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तोसुकै समस्या पनि सुल्झाउन सकिनेछ ।
तुलाः आज राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ। विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुन सक्नेछ। मन हलुका र चङ्गा हुने दिन रहेको छ । आज प्रेमीका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेम सम्बन्धको दीगो प्रतीक बन्न सक्छ । आज एक्लै घोरिरहन मन लाग्छ भने व्यक्तित्वमा घमण्ड र अहङ्कार प्रवेश गर्न सक्छ । तर आज संयम भएर अर्काका कुरा सुनेमा निकै राम्रो हुनेछ ।
बृश्चिकः आज भविष्यको चिन्ताले सताउने समय रहेको छ । आज तपाईं शान्त र संयम बन्नु उचित हुनेछ, । आज जीवनसाथी र घरपरिवारसँगै बस राम्रो हुन्छ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन पनि रहेको छ । तर जुनसुकै कुरामा हडबड गरेमा हानिकारक बन्न सक्छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन पनि रहेकोले खानपानमा पनि अरुचि हुन सक्छ । आज तपाईंले आफ्ना कुरा छाडेर जीवन साथीको भावना बुझिदिनु, कुरा सुनेर आफू व्यवहारिक बन्नु राम्रो हुनेछ ।
धनुः आजको दिन कल्पना र भावुकतामा धेरै समय बित्न सक्छ । आज अलि धेरै मिहिनेत गरेमा मात्र विगतको कामबाट सफलता मिल्नेछ । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्न सक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी दिन रमाइलो बनाउन सकिनेछ । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राखेर अघि बढ्दा ठीक हुन्छ । मन हलुका र शरीर तन्दुरुस्त हुने देखिन्छ, काम छाडेर गफगाफमा भुलिन सकिनेछ । तर रामरमाइलो त्यागेर काम र प्राथमिकता उपर ध्यान दिनुपर्ने दिन आज रहेको छ ।
मकरः आज अर्काका कुरा धेरै सुन्ने काम गर्नुहोला । साथीको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला । कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । घरपरिवारबाट सुखद् समाचार आउनेछ भने घुमघाममा जाने वा मनोरञ्जन गर्ने मौका जुर्न सक्छ । आज तपाईंका प्रतियोगी र प्रतिस्पर्र्धी पनि कमजोर रहने छन् । तर कानूनी वा लगानीसम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ ।
कुम्भः आज मनको इच्छा पूरा हुने दिन रहेको छ । प्रेमीसँग भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ । अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । तर महत्वाकांक्षा र असम्भव आशा जाग्नाले मन निराश हुन सक्छ। । जुवातास, लटरी, चिट्ठा र सट्टापट्टामा धन लगानी गर्नुभयो भने पछुतो हुनेछ । पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन रहे पनि कर्मप्रति समर्पित हुनुपर्नेछ । आज आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न आवश्यक छ ।
मीनः आज घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्न सक्छ । आज जे समस्या परे पनि घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुनेछ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु उचित हुन्छ । आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ । आजको दिन व्यस्ततामा बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ ।
साहित (यात्रा): सूर्य धनु राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः५४ बजेदेखि ८ः१२ बजेसम्म चर बेला
बिहान ८ः१२ बजेदेखि ९ः३१ बजेसम्म लाभ बेला
बिहान ९ः३१ बजेदेखि १०ः४९ बजेसम्म अमृत बेला
बिहान १०ः४९ बजेदेखि १२ः०७ बजेसम्म काल बेला
मध्यान्हमा १२ः०७ बजेदेखि १ः२६ बजेसम्म शुभ बेला
दिनमा १ः२६ बजेदेखि २ः४४ बजेसम्म रोग बेला
दिनमा २ः४४ बजेदेखि ४ः०२ बजेसम्म उद्धेग बेला
दिनमा ४ः०२ बजेदेखि ५ः२० बजेसम्म चर बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः२० बजेदेखि ७ः०२ बजेसम्म लाभ बेला
साँझ ७ः०२ बजेदेखि ८ः४४ बजेसम्म अमृत बेला
राति ८ः४४ बजेदेखि १०ः२६ बजेसम्म काल बेला
राति १०ः२६ बजेदेखि १२ः०७ बजेसम्म शुभ बेला
राति १२ः०७ बजेदेखि १ः४९ बजेसम्म रोग बेला
राति १ः४९ बजेदेखि ३ः३१ बजेसम्म उद्धेग बेला
रातिमा ३ः३१ बजेदेखि ५ः१३ बजेसम्म चर बेला
रातिमा ५ः१३ बजेदेखि ०६ः५४ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





