Nidan Media

राप्रपा-राप्रपा नेपालबीच पार्टी एकता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच लामो समयदेखिको विभाजन अन्त्य गर्दै पार्टी एकता भएको छ ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा, नेपालबीच एकीकरण भएसँगै राजावादी तथा राष्ट्रवादी शक्तिहरू एकीकृत भएका हुन् ।

कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे ।

यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरे ।

२०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए ।

चार वर्षपछि भएको यो एकताले आगामी प्रतिनिधि सभा निर्वाचनअघि राजावादी मतहरू एकीकृत गर्ने अपेक्षा गरिएको छ ।

एकता घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले घर फर्किन पाउँदा खुसी लागेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ पार्टीहरूबीचको एकताप्रति कडा आलोचना गरे ।

उनले कांग्रेस, एमाले जस्ता ठूला दलका नेताहरू आफूलाई कसरी जोगाउने भन्ने ठाउँमा पुगेको भन्दै अविचलित पार्टी राप्रपा बाहेक अरु नभएको दाबी गरे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.