काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ ।
मंगलबारको तुलनामा सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँ र चाँदीको एक सय २० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ तीन दिनको अन्तरालमा तोलामा करिब १० हजार रुपैयाँ घटेको छ । सुनको भाउ आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको छ ।
मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ६२ हजार एक सय रुपैयाँ रहेको थियो ।
यता, मंगलबार प्रतितोला चार हजार पाँच सय ९० रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार घटेर चार हजार चार सय ७० रुपैयाँमा झरेमो महासंघले जनाएको छ ।
चाँदीको भाउ सोमबार हालसम्मकै उच्च प्रतितोला चार हजार आठ सय ९० रुपैयाँ पुगेको थियो ।





