काठमाडौँ । निर्वाचन आयोगमा आशन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।
आयोगले यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो ।
सोमबार राति अबेर र मंगलबार बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएका थिए ।
प्राप्त बन्द सूचीका सम्बन्धमा मंगलबार पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका छ ।




