Nidan Media

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा सात हजार नौ सय र चाँदीको तीन सय पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य घटेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ हालसम्मकै उच्च आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ पुगेको थियो ।

यता, सोमबार हालसम्मकै उच्च प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँ पुगेको असली चाँदीको भाउ घटेर मंगलबार चार हजार पाँच सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.