Nidan Media

बाँदर आतंकले खेतीयोग्य जमिन बाँझा हुन थालेकामा चिन्ता

पोखरा । माछापुच्छ्रे गाउँपालिका गाउँसभाको १८औँ अधिवेशन सोमबार सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले  विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिकाको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ ।

गाउँपालिकाककी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधनसम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा सभा सदस्यको बहुमतले विधेयक पारित गरेको हो। यो विधेयक सभाबाट पारित भएपछि  तुरुन्त प्रारम्भ हुनेछ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ का सेवा र कार्यहरूका लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न बनेको ऐन संशोधन गर्न बाञ्छनीय भएकोले गाउँसभाबाट संशोधन गरिएको हो ।

सभा सदस्य भरतराज अधिकारीले प्रत्येक वडालाई आत्मानिर्भर बनाउका लागि उत्पादनसँग जोड्नुपर्ने बताए ।

उनले पछिल्लो समय बाँदर आतंकले खेतीयोग्य जमिन बाँझा हुन थालेको ध्यानाकर्षण गराए ।

साथै उनले भूउपयोगका लागि यस्ता समस्या हल गर्दै प्रत्येक वडालाई उत्पादनसँग जोड्न जरुरी भन्दै गाउँपालिका दूधमा आत्मनिर्भर भएजस्तै अन्य क्षेत्रमा वडामा के गर्न सकिन्छ त्यसको खोजी गरी वडावासीलाई आत्मनिर्भर बनाउनतर्फ पालिका लाग्नु पर्नेमा जोड दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.