Nidan Media

जेन-जी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश नदिएको रमेश लेखकको स्पष्टोक्ति

काठमाडौँ। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको स्पष्ट गरेका छन् ।

जाँचबुझ आयोगमा वयान दिएलगत्तै काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

उनले कुनै पनि आन्दोलनको क्रममा प्रधानमन्त्री वा मन्त्रीले सुरक्षा निकायलाई कति र कसरी बल प्रयोग गर्ने भन्ने आदेश दिने कुनै संवैधानिक वा कानूनी व्यवस्था नभएको उल्लेख गरे ।

उनले आन्दोलनको क्रममा हाताहाती भइसकेपछि राजनीतिमा नैतिकतालाई सर्वोच्च मूल्य मानेर गृहमन्त्रीबाट राजीनामा दिएको दाबी पनि गरे ।

उनले आफूले २२ भदौमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समग्र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूलाई दिशानिर्देश मात्रै दिएको दाबी गर्दै त्यसलाई बल प्रयोगको आदेशका रूपमा व्याख्या गर्नु गलत भएको पनि बताए ।

उनले आन्दोलनको क्रममा बल कति र कसरी गर्ने भन्ने विषयमा स्थानीय प्रशासन र फिल्डमा खटिएका सुरक्षाकर्मीले तत्कालीन वस्तुस्थितिको आधारमा गर्ने उनको जिकिर छ ।

उनले जेन-जी आन्दोलनका मागहरू जायज भए पनि आन्दोलनमा घुस पैठक हुँदा मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको प्रति दुःख व्यक्त गरे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.