Nidan Media

रुस-युक्रेन शान्ति वार्ता अन्तिम चरणमाः ट्रम्प

काठमाडौँ । रुस र युक्रेनबीचको शान्ति वार्ता अन्तिम चरणमा पुगेको छ ।

आइतबार फ्लोरिडाको मार-ए-लागोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता शुरू गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब युद्ध समाप्त हुने वा लामो समयसम्म जारी रहनेमध्ये एक अवस्था आउने स्पष्ट पारे ।

ट्रम्पका अनुसार यदि अहिले शान्ति सम्झौता हुन सकेन भने युद्ध लामो समयसम्म चल्न सक्ने र अझै लाखौँ मानिसको ज्यान जाने खतरा रहेको छ।

ट्रम्पले यस पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिप्रति गम्भीर रहेको विश्वास व्यक्त गरे ।

जेलेन्स्कीसँग भेटअघि ट्रम्पले पुटिनसँग करिब एक घण्टा १५ मिनेट लामो टेलिफोन वार्ता गरेका थिए, जसलाई उनले “धेरै फलदायी” भनेका छन् ।

ट्रम्पले सम्भावित शान्ति सम्झौताका खाका तयार भइसकेको दाबी गर्दै उक्त सम्झौता युक्रेनसहित सबै पक्षका लागि लाभदायक हुने बताए।

उनका अनुसार शान्ति प्रक्रियामा बलियो सुरक्षा सम्झौता हुनेछ र युरोपेली राष्ट्रहरू पनि सक्रिय रूपमा संलग्न हुनेछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.