Nidan Media

कपडा सुकाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका वडा नं ७ पौलाहकी २८ वर्षीया हरिना चौधरी छन् ।

प्रहरीका अनुसार आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा अचानक बिजुलीको नाङ्गो तार छुन पुग्दा उनलाई कडा झट्का लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीलाई तत्काल उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी लगिएको थियो।

तर, स्वास्थ्य केन्द्र पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.