Nidan Media

शिवजीको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ पुस १४ गते सोमबार, इस्वीसंवत डिसेम्बर २९ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको दशमी तिथि रातिमा ३ः३६ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ । नक्षत्रमा अश्विनी रातिमा २ः३९ बजेसम्म त्यसपछि भरणी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शिव ४७ घटि १६ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा रक्ष रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान २५ घटि ५२ पला अर्थात १० घण्टा २३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः५६ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः१६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा १२ः३७ बजे र अस्ताउने समय रातिमा १ः०५ बजे रहेको छ ।

आजको राशिफल

मेषः आज स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला । दिनमा ३ बजेपछि समय त्यति शुभ नहुने भएकाले सतर्क भएर काम गर्नुहोला ।

वृषः आज समय खराब रहनेछ । चिसोका कारण पेट दुख्ने रोगले दुःख दिने सम्भावना छ। त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । आज गरेको लगानीबाट नोक्सानी हुन सक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । आफन्तै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ ।

मिथुनः आज समय शुभ छ । व्यापारमा सबै प्रकारले लाभ मिल्नेछ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ । घरमा नयाँ समान  किनमेल हुनेछ । आज योजना बिनाको यात्राले पनि लाभ मिल्नेछ । धार्मिक कार्यमा गरेको लगानीले राम्रो नाम कमाउन सकिनेछ । आपूmलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । घरमा नयाँ सामानहरू किन्ने र घर सजाउनेमा विशेष चाहना हुने देखिन्छ । मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ ।

कर्कटः आज समय मध्यम खालको छ । कुनै पनि ठाउँको भ्रमण गर्नु पनि उचित छैन । तपाईं आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । त्यसैले जे काम गर्नुछ यही आज थालनी गर्नुभएमा मध्यम राम्रो हुनेछ । वैदेशिक रोजगारबार धन प्राप्त हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । आँखामा एक्कासी खराबी आउन सक्नेछ । आँटेका कामहरूमा असफलता, सोचेजतिका सबै कामहरूमा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ ।

सिंहः आज स्वास्थ्य भरपर्दो रहने छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, पेट रोगले सताउने, खानामा गडबढी, दुःखको समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश र हतास नहुनुहोला । टाढाको यात्रा नगर्नुहोला । शैक्षिक क्षेत्रबाट भने राम्रो फाइदा पाइनेछ । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन ।

कन्याः आज समय खराब रहनेछ । मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा नजानु होला । बद्नाम अपमानको सम्भावना पनि छ । घरमा तथा परिवारका लागि अनावश्यक खर्च भै जाने अवस्था छ । सकेसम्म जसको जे काम गर्नु छ, उही व्यक्तिसँग पैसा लिएर काम गर्ने गर्नुहोला । आज दिनमा ३ बजेपछिको समय मध्यम शुभ रहनेछ । आज सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्, तर संघर्ष भने खूब गर्नुपर्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम् लाभ लिन सकिनेछ ।

तुलाः आज स्वास्थ्य राम्रो रहनेछ । आशा नै नगरेको ठाउँबाट धन प्राप्त हुन सक्नेछ । जमीन किन्नु छ आज किन्नुहोला । उच्च स्तरीय घनिष्ट मित्रसँगको भेट, पेशागत क्षेत्रमा नयाँ लाभका सम्भावना बढेर जानेछन् । जताबाट पनि हर्ष र खुसीका खबर प्राप्त हुनेछन् । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ । समग्रमा आजको समय पनि शुभ रहनेछ । भरपूर उपयोग गर्नुहोला । इज्जत, प्रतिष्ठा बढ्ने ठाउँमा उपस्थित र सहभागी हुन पाइनेछ ।

वृश्चिकः आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडधूप त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट राम्रो सहयोग हुनेछ । सबै सजिलै सम्पन्न गर्न सकिनेछ। आज व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । उत्तर दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् । आज दिउँसो ३ बजेपछि स्वास्थ्यमा केही समस्या देखिनेछ ।

धनुः आज नवौँ भावमा रहेको चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना छ । जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ । आज टाढाको यात्रा, महत्वपूर्ण निर्णय नगर्नु नै सबैभन्दा राम्रो हुने देखिन्छ । समग्रमा समय खराब छ, सतर्क हुन आवश्यक छ । सरकारी कर्मचारीबाट असहयोग, छोराछोरीसँग विवाद हुनेछ । मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन ।

मकरः आजको दिन जोखिम पाराले बित्नेछन् । आफन्त कुलकुटुम्बका व्यक्तिजन एवं मित्रजनसंग वैरभाव उत्पन्न हुनेछ । धनहानी, पूर्ण हुन लागेको कार्य बिग्रन सक्छ । आफ्नै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ । मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, शोक पर्ने समाचारसमेत सुन्नुपर्नेछ । तर दिनमा ३ बजेपछि शुभग्रहको प्रत्यक्ष प्रभाव पर्नेछ । धन कमाउने अवसर मिल्नेछ । अरु व्यक्तिले आफ्नो प्रशंसा गर्नेछन् ।

कुम्भः आज समय शुभ छ । दुःख कष्ट हराउनेछन् । स्वच्छ, निश्चल सोचाइ बढ्नेछन् । विशेषगरी आज पढाईलेखाई, कलाकृति, आकृतिका कामलगायत परीक्षा र प्रयोगात्मक कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ । आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ । तर दिउसो ३ बजेपछि भने हरेक कार्यमा होसियारी अपनाउनु आवश्यक छ ।

मीनः आज समय खराब छ । आँफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ । घनिष्ट मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनुहोला । खानामा गडबडी, कसैले मनमा दुःख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ । दिनमा ३ बजेपछि समय शुभ हुने देखिन्छ । यात्रा र आर्थिक लेनदेन पनि यसै समयमा मात्र गर्नुहोला ।

साहित (यात्रा): सूर्य धनु राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५१ बजेदेखि ८ः०९ बजेसम्म अमृत बेला
बिहान ८ः०९ बजेदेखि ९ः२७ बजेसम्म काल बेला
बिहान ९ः२७ बजेदेखि १०ः४५ बजेसम्म शुभ बेला
बिहान १०ः४५ बजेदेखि १२ः०३ बजेसम्म रोग बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः२१ बजेसम्म उद्धेग बेला
दिनमा १ः२१ बजेदेखि २ः३९ बजेसम्म चर बेला
दिनमा २ः३९ बजेदेखि ३ः५७ बजेसम्म लाभ बेला
दिनमा ३ः५७ बजेदेखि ५ः१५ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१५ बजेदेखि ६ः५७ बजेसम्म काल बेला
साँझ ६ः५७ बजेदेखि ८ः३९ बजेसम्म शुभ बेला
राति ८ः३९ बजेदेखि १०ः२२ बजेसम्म रोग बेला
राति १०ः२२ बजेदेखि १२ः०४ बजेसम्म उद्धेग बेला
राति १२ः०४ बजेदेखि १ः४६ बजेसम्म चर बेला
राति १ः४६ बजेदेखि ३ः२८ बजेसम्म लाभ बेला
रातिमा ३ः२८ बजेदेखि ५ः१० बजेसम्म अमृत बेला
रातिमा ५ः१० बजेदेखि ०६ः५२ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.