काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रशासनिक सुशासनमा विशेष ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक सूचना प्रणाली तथा टोकन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
उनले सुशासन कायम गर्न नसकेकै कारण निर्वाचित जनप्रतिनिधिको म्याण्डेट भंग भएको उल्लेख गर्दै कर्मचारीहरूले पनि जेन–जी पुस्तालाई चुनौतीको रुपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताए।
सेवा प्रवाह प्रभावकारी बनाउँदै मुलुकमा सुशासन कायम गर्न नसके सरकार निरन्तर युवापुस्ताको दबाब र चुनौती सामना गर्न बाध्य हुने उनको भनाइ छ ।





