Nidan Media

डडेलधुराको जाल्टुडामा अटो र जीप आपसमा ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

पोखरा । डडेलधुरा जिल्लाको रामपुरमा शुक्रबार राति अटो र जीप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रशुराम नगरपालिका वडा नं १० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगर छन् ।

दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका वड नं ३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन् ।

उनको अवस्था गम्भीर भएपछि जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।

उक्त अटोमा चालकसहित तीन जना सवार थिए ।

आलिताल गाउँपालिका वडा नं ४ जाल्टुडामा म१च ४४१ नम्बरको जीप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

दुर्घटनापछि अटो चालक गोपाल मगर फरार छन् । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

जीपमा सवार तीनैजना सकुशल रहेको बताइन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.