Nidan Media

इजिप्टमा पाँच तले आवासीय भवन भत्किँदा आठ जनाको मृ्त्यु

काठमाडौँ । इजिप्टको कायरो दक्षिणमा पर्ने गिजा प्रान्तमा एक पाँच तले आवासीय भवन भत्किँदा आठ जनाको मृत्यु भएको छ ।

इजिप्टको सरकारी समाचार वेबसाइट अहराम अनलाइनका अनुसार भग्नावशेष हटाउने कार्यपछि उद्धार टोलीले अन्तिम बेपत्ता व्यक्तिको शव फेला पारेको छ ।

गिजाको घना बस्ती भएको इलाका इम्बाबामा उक्त भवन भत्किएको थियो । जसका कारण आसपासका अन्य भवनहरूमा पनि क्षति पुगेको थियो ।

जसलाई सुरक्षा मूल्याङ्कनको प्रतिक्षामा सावधानीका रूपमा खाली गरिएको छ ।

गिजा प्रान्तको आधिकारिक फेसबुक पेजमा जारी गरिएको एक विज्ञप्तिमा अधिकारीहरूले भवन रहेको सडक साँघुरो भएका कारण भारी मेसिनरी प्रयोग गर्न नसकिएकाले भग्नावशेष हटाउने काम हातैले गरिएको बताएका छन् ।

भवन भत्किनुको कारण पत्ता लगाउन एक विशेषज्ञ इन्जिनियरिङ समितिलाई खटाइएको छ ।

जसले भवनमा अनुमति बिना कुनै परिवर्तन गरिएको थियो वा निर्माण नियमहरूको उल्लंघन भएको थियो भन्ने विषयमा अनुसन्धान गर्नेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.