Nidan Media

सुनचाँदीको भाउमा उछाल, ऐतिहासिक रेकर्ड कायमै

काठमाडौँ । नेपाल बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा उछाल आएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा एक हजार आठ सय र चाँदी एक सय ६५ रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार प्रतितोला चार हजार चार सय रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य शुक्रबार बढेर चार हजार पाँच सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

शुक्रबार कायम सुनचाँदीको भाउ इतिहासकै उच्च हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.