पोखरा । हुम्लामा गएराति भएको भीषण आगलागीमा परी एक दम्पती घाइते भएका छन्।
घाइते हुनेमा सर्केगाड गाउँपालिका वडा नं ६ रिप गाउँका लैबा फडेरा र उनकी श्रीमती बम्बु फडेरा छन् । जसमा लैबाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार ५४ प्रतिशत शरीर जलेका कारण लैबा फडेराको अवस्था जटिल छ।
उनलाई थप उपचारका लागि जहाजमार्फत प्रदेश अस्पताल वा अन्य सुविधासम्पन्न अस्पतालमा रिफर गर्ने तयारी भइरहेको छ।
उनकी श्रीमती बम्बुको भने १८ प्रतिशत शरीर जलेको छ।
उपचार र स्वास्थ्य अवस्था गएराति ११ बजे शुरू भएको आगलागीमा परी घाइते भएका दुवै जनालाई बिहान २ बजे एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट पुर्याइएको थियो।
आगलागीमा परेर लैबा फडेरा, जयराम फडेरा र क्रान्ति फडेराका घरहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
छिमेकीका अन्य केही घरमा राखिएका सामग्रीमा पनि क्षति पुगेको छ। स्थानीय बासिन्दाको अथक प्रयासमा आज बिहान साढे २ बजे मात्र आगो नियन्त्रणमा आएको थियो।
आगलागीको कारण खुल्न नसके पनि क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको स्थानीय प्रशासनले जनाएको छ।





