Nidan Media

चीनमा उच्च गतिको रेल मार्ग सञ्चालनमा आउँदै

काठमाडौँ । चीनको सान्सी प्रान्तमा सियान-यानान उच्च गतिको रेल मार्ग सञ्चालनमा आउने भएको छ ।  जसले उक्त क्षेत्रको लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित गर्नेछ ।

यो उत्तरी सान्सीको पुरानो क्रान्तिकारी आधार क्षेत्रमा सेवा पुर्याउने पहिलो उच्च गतिको रेल सेवा हुनेछ । जसले विशेष गरी यानानलाई जोड्नेछ ।

तीन सय ५० किलोमिटर प्रतिघण्टाको गतिको लागि डिजाइन गरिएको यो २९९.८ किलोमिटरको परियोजनाले सियानदेखि यानानसम्मको यात्रा समय २.५ घण्टाबाट घटाएर करिब एक घण्टामा पुर्याउनेछ ।

१९३७ र १९४७ को बीचमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको आधार क्षेत्रको रूपमा सेवा गरेको हुनाले यानानको गहिरो ऐतिहासिक महत्व रहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.