Nidan Media

चाडपर्वले समाजमा सकारात्मक सोच र आपसी समझदारी विकास गर्न सहयोग पुर्याउँछ : पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रिसमस डे-२०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

क्रिसमसलाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा उल्लेख गर्दै खड्काले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए ।

उनले शुभकामना सन्देशमार्फत विविधताभित्र मनाइने चाडपर्व, धार्मिक तथा सांस्कृतिक परम्पराले नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको भावना बलियो बनाउँदै आएको उल्लेख गरे ।

क्रिसमसजस्ता पर्वहरूले सामूहिक भावना, मेलमिलाप र सामाजिक एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने खड्काको भनाइ छ। उनले यस्ता चाडपर्वले समाजमा सकारात्मक सोच र आपसी समझदारी विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यवाहक सभापति खड्काले क्रिसमस डेले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धि ल्याउनुका साथै नेपाली समाजमा सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.