Nidan Media

राहदानी, श्रम स्वीकृतिलगायतका सबै कागजात वडाबाटै पाउने गरी गृहकार्य : मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृतिलगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न आफूले गृहकार्य गरिरहेको बताका छन् ।

काठमाडौँमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति लगायतका कागजातहरू लिने कामका ठगीलगायतका विभिन्न खालका झमेला व्यहोर्नुपरिरहेको उल्लेख गरे ।

उनले त्यसलाई अन्त्य गर्न पनि वडा तहबाटै त्यस्ता खालका कागजात उपलब्ध गराउन आवश्यक रहेको समेत स्पष्ट पारे ।

उनले देशमा सानो काम गर्न पनि विभिन्न खालका झमेला व्यहोर्नुपर्ने भएपछि नेपाली युवाहरू श्रमको खोजीको विदेशिन बाध्य हुनु परेको समेत स्पष्ट पारे ।

उनले राज्यले श्रमिकहरूको हितमा काम गर्न नसक्दा उनीहरूले दलालहरूको फन्दा फस्नुपर्ने अवस्था आएको समेत स्मरण गराए ।

मन्त्री भण्डारीले राज्यले उपस्थिति नदेखाएका कारण नेपाली श्रमिकहरू देशभित्रै ठगीको चपेटामा पर्नुपर्ने अवस्था आएको समेत बताए । त्यस अवसरमा उनले युवाहरूलाई देशभित्र श्रम गरेर केही गर्ने संकल्प गर्न पनि आग्रह गरे ।

नेपाली युवाहरूमा माग बढी तर काम नगर्ने प्रवृत्ति समस्याको रुपमा रहेको उनको भनाइ थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.