Nidan Media

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते नै हुनुपर्ने : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते नै हुनुपर्ने बताएका छन् ।

सरकारको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारको कदमलाई आफूहरूले सकारात्मक रुपमा लिएको र निर्वाचनमा भाग लिने कुरा शुरूआतदेखि नै गर्दै आएको बताए ।

उनले जेन-जी आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने र नयाँ जनादेश आउनुपर्ने बताए ।

भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै नभइ समाजमा रहेको त्रासको सामना गर्नसक्ने परिस्थिति सरकारले निर्माण गर्नुपर्ने बताए ।

उनले निर्वाचन प्रयोजनार्थ सुरक्षाबारे आफूहरूले सरकारसँग चासो राखेको बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.