Nidan Media

निर्वाचन रोक्न सर्वोच्चमा दायर पूरक रिट सुनुवाइका लागि पेसी तोकियो

काठमाडौँ । निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

नेपाली कांग्रेसका ६५ सांसद (पहिलेका आठ सहित) र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकता सम्बन्धमा विवाद उठाइएको छ ।

पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीको वारेसमार्फत दायर रिटमा असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनको नेतृत्वको सरकारले सञ्चालन गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचन रोक्न माग गरिएको छ।

यसअघि मंसिर २३ गते कांग्रेसका ८ सांसद र मंसिर १० गते एमालेका ७५ सांसदले संसद पुन:स्थापनाका लागि रिट दायर गरिसकेका थिए। प्रारम्भिक सुनुवाइमा राष्ट्रपति र प्रधानमन्त्रीसहित लिखित जवाफ मागिएको थियो।

अब कग्रेस, एमाले र अन्य दलका एक सय ४३ निवर्तमान सांसद सर्वोच्चमा संसद पुन:स्थापनाको माग गर्दै एकीकृत चेष्टा गरिरहेका छन्।

राजनीतिक र संवैधानिक दृष्टिले यो कदम आगामी प्रतिनिधिसभा निर्वाचनमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.