Nidan Media

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँगै मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा यस्तो समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।

“देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो”, राष्ट्रपति पौडेलले सो छलफलमा बताएका थिए ।

राष्ट्रपति  पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरुलाई आग्रह गरेका थिए ।

जेन-जी आन्दोलनपछि पहिलोपटक राष्ट्रपति कार्यालयमा तीन शीर्ष दलका नेतासँग राष्ट्पति र प्रधानमन्त्रीले संयुक्त छलफल गरेका हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.