Nidan Media

सुनको भाउमा उछाल, एकैदिनमा पाँच हजार पाँच सय रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपैयाँ पुगेको छ । यो मूल्य इतिहासकै सर्वाधिक हो ।

सोमबार प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामै पाँच हजार पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार प्रतितोला चार हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको असली चाँदी मंगलबार तोलामा २० रुपैयाँ बढेर चार हजार दुई सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.