Nidan Media

पश्चिमी वायुको प्रभाव : आज देशभर आंशिक बदली, तराईमा हुस्सु

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ भने तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ ।

यस्तै, आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.