काठठमाडौँ । मधेस प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले जिम्मेवारी सम्हालेका छन् । सोमबार बिहान प्रदेश सभास्थित सभामुखको कार्यकक्षमा यादवले पदभार ग्रहण गरेका छन् ।
सो क्रममा उनले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्तदुरुस्त र कानून सम्मत बनाएर अघि बढ्ने जानकारी दिए ।
उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
उनले विगतमा भएजस्तो नातावाद र दलतन्त्र हावी हुने कुनै कार्य आफूबाट नहुने स्पष्ट पारे ।
उनले विभिन्न बाधा र अडचनका कारण कार्यान्वयन नहुन सकेको भाषालगायतका कानूनहरू अगाडि बढाउन सम्पूर्ण दलसँग सहकार्य र छलफल गर्ने बताए ।
उनले मधेस प्रदेश सभामा भएका सम्पूर्ण दल र सांसद एक बराबर मानेर बैठकको काम काज अगाडि बढाउने जानकारी दिए ।
मधेस प्रदेश सभाका सम्पूर्ण कर्मचारी एवं पदाधिकारीले सभामुख यादवलाई भव्य स्वागत गरेको थियो ।
यादव आइतबार सभामुखमा निर्वाचित भएका थिए ।





