Nidan Media

कति पुग्यो एलोन मस्कको सम्पत्ति ?

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको सम्पत्ति नेपाल, पाकिस्तान र श्रीलंकाको संयुक्त कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी पुगेको छ ।

चार दिनमा उनको कुल सम्पत्ति १५० अर्ब अमेरिकी डलरले बढेर ७५० अर्ब डलर पुगेको छ ।

जबकि तीन देशको संयुक्त जीडीपी लगभग पाँच सय ५५ अर्ब डलर छ ।

मस्क यो कुल सम्पत्तिमा पुग्ने विश्वको पहिलो व्यक्ति बनेका छन् ।

यसअघि डिसेम्बर १६ मा मस्कको सम्पत्ति ६०० अर्ब डलर पुगेको थियो । उनको सम्पत्तिमा यो वृद्धि डेलावेयर सर्वोच्च अदालतको निर्णयबाट आएको हो ।

जसले मस्कको ५६ अर्ब टेस्ला भुक्तानी प्याकेजलाई १३९ अर्ब डलरमा बढाएको छ ।

फोर्ब्स बिलियनेयर इन्डेक्समा मस्कको कुल सम्पत्ति हाल ६४९ अर्ब छ । मस्कको सम्पत्ति विश्वका सबैभन्दा धनी प्राविधिक अर्बपतिहरू (ल्यारी पेज २५२.६ बिलियन, ल्यारी एलिसन २४२.७ बिलियन, र जेफ बेजोस २३९.४ बिलियन) को संयुक्त सम्पत्तिभन्दा बढी छ ।

त्यस्तै यो भारतका शीर्ष ४० धनी व्यक्तिहरूको संयुक्त सम्पत्ति बराबर हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.