Nidan Media

सुनचाँदी इतिहासकै महंगो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउले नयाँ रेकड कायम गरेको छ ।

आइतबारको तुलनामा सुनको भाउ तोलामा तीन हजार चार सय र चाँदीको एक सय ३० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँ पुगेको हो । सुन यो मूल्य हालसम्मकै उच्च हो ।

आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार तीन रुपैयाँ रहेको थियो ।

यता, आइतबार प्रतितोला चार हजार एक सय पाँच रुपैयाँ कायम भएको असली चाँदीको भाउ बढेर चार हजार दुई सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.